एकै दिन २०२ जना फरार अपराधी पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एकै दिन २०२ जना फरार अपराधी पक्राउ


२ चैत्र २०८०, शुक्रबार


पक्राउ

काठमाडौँ । सर्लाही प्रहरीले एकै दिनमा २०२ जना फरार अपराधीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुक्रबार सर्लाही जिल्ला अन्तर्गतबाट बुझाइएका फरार अपराधी मध्ये कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जबरजस्ती करणी र भ्रष्टाचार लगायतका मुद्दामा सजाय पाएको प्रहरीले जानकारी दिएको छ ।  

प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका प्रत्येक युनिटहरूबाट विभिन्न टोलीहरू गठन गरी पक्राउ गरी जिल्ला अदालत मलंगवा सर्लाहीमा बुझाइएको छ।

पक्राउ परेकाहरूलाई ५ दिनदेखि ३ बर्ष ६ महिनासम्म कैद र एक सयदेखि ३ लाख ६३ हजारसम्म जरिवाना रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस