लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लुम्बिनीका कर्मचारीले भूकम्प प्रभावितलाई तीन दिनको तलब राहत दिने


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन्। भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका छन्।

सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीले जानकारी दिएको छ।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णयअनुसार एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैटौँदेखि दशौँ तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलब र सहायक स्तर र तहविहीन कर्मचारीले एक दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय भएको हो।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस