२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीभी चिट्ठाले पुर्यायो हिरासत !

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ । गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानमा आठ जनाको समूह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीका रुद्र मोक्तान, ताप्लेजुङका भवानीप्रसाद भट्टराई, कालीकोटका विशालजङ्ग शाही, सुरेशबहादुर शाही, धरानका अभय पोखरेल, स्याड लाइफ कन्सल्टेन्सीका अनिल सराफ, काभ्रेका देवराज तामाङ र सन्तोषकुमार तिवारी छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार किसानी काम गर्दै आएका मोक्तान र भट्टराई ईडीभी परेपछि अन्तरवार्ता दिन एसएलसी, कक्षा १२ र बीएड पास गरेको शैक्षिक प्रमाणपत्र बोकेर राजदूतावास पुगेका थिए ।

उनीहरूको शैक्षिक योग्तामाथि शङ्का लागेपछि राजदूतावासले नै नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो । प्रहरीले अनुसन्धानमार्फत नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कन्सल्टेन्सी सञ्चालकसहित आठजनालाई पक्राउ गरेको हो ।

अन्य अभियुक्तले समेत नक्कली शैक्षिक प्रमाणपत्र तथा तालिमसम्बन्धी विभिन्न कागजपत्र पेस गरी ‘सेमिनार’मा सहभागी हुने नाममा अमेरिका जाने तयारी गरिरहेको बेला पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

0 Comments