२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता शिक्षामा अर्बौं खर्च, घटेन बदर मत

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् ।

मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाता शिक्षा र तालिमका लागि एक अर्ब ४२ करोड ५९ लाख ६३ हजार रुपैयाँ छुट्ट्याइएको छ । आयोगले मतदाता शिक्षामार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचन आउन करिब तीन साता मात्र बाँकी छ, तर आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन । हिमाली तथा उच्च पहाडी क्षेत्रमा पहिलो चरणको निर्वाचन हुँदैछ।

राजधानीबाट मतदाता शिक्षाका सामग्री जिल्लासम्म पुर्‍याएर सबैको घरदैलोमा स्वयंसेवकमार्फत मतदाता शिक्षा दिन निकै चुनौती देखिएको छ । एउटा मतदान केन्द्रका लागि एकजना मात्र मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ, तर मतपत्रको ढाँचा फेरबदलपछिका सामग्री मतदाता शिक्षा कार्यकर्ताका हातमा पुग्नै बाँकी छ । यसअघि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को गरी दुईवटा मतपत्र रहने व्यवस्था थियो, तर सर्वोच्च अदालतले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अलगअलग मतपत्र छपाइका विषयमा आयोगसँग लिखित जवाफ मागेपछि ढाँचा फेरिएको हो । समय अभावको कारण अहिले मतदाता शिक्षा प्रभावित हुने देखिएको छ।

पहिलो चरण र दोस्रो चरणको निर्वाचनका लागि आयोगले २४ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन तयारी गरेको छ । त्यसका लागि २० हजार स्वयंसेवक परिचालन गर्ने आयोगको तयारी छ।

प्रत्यक्षतर्फ मतपत्र अलगअलग छपाइ गर्नुपर्नाको कारण पनि पहिले छपाएर जिल्लामा पठाएका मतदाता शिक्षा सामग्री बेकार भएकाले नयाँ सामग्री तयार गरी कार्यक्रम सञ्चालन गर्न समय अभाव भएको आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता सहभागी हुँदैछन् ।

निर्वाचन आयोगले यसअघि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतपत्र एउटै पानामा छाप्ने तयारी गरेकोमा अब छुट्टाछुट्टै छापिएको छ । समानुपातिकमा भने प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानामा हुनेछ । मतदाताले अब चार ठाउँमा छाप हानेर मतपत्र तीनवटा मतपेटिकामा हाल्नुपर्नेछ । आमनिर्वाचनमा चार ठाउँ छाप र तीनवटा मतपेटिकाको प्रयोग पहिलोचोटि हुँदैछ।

समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई छाप हान्नुपर्छ, जसले गर्दा मतदाताले एक ठाउँ मात्र छाप हानेर अर्को ठाउँमा खाली छोड्ने सम्भावना रहेकाले मतदानको पद्धति बुझाउन मतदाता शिक्षा अहिले अझ आवश्यकता देखिएको पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् ।

स्थानीय निर्वाचनमा एउटै मतपत्रमा सात ठाउँ छाप हान्ने प्रावधान हुँदा १० प्रतिशत हाराहारी मत बदर भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा करिब ५ प्रतिशत र दोस्रो संविधानसभामा ४ प्रतिशत हाराहारी मात्र मत बदर भएको थियो ।

आयोगले सञ्चालन गरेका मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको निर्वाचन आयोगको यसअघि नेतृत्व सम्हालिसकेका पुर्व प्रमुख आयुक्त उप्रेती नै स्वीकार गर्छन् ।उनी भन्छन्, ‘बदर मतको संख्याले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको देखाएको छ । हतारमा काम गर्नुपर्ने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments