२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती सेवा ऐन तपाईँहरूले सुनेको भन्दा परिष्कृत भएर आउँछ’: मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रूपमा आउने बताएका छन् ।

काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २/४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा ऐन आउने दाबी गरेका हुन् ।

‘२/४ महिना तपाईँहरूले सुनेको भन्दा धेरै परिष्कृत रूपमा ऐन आउने छ,’ खड्काले भने, ‘त्यो ऐन संसदमा पुगेको छैन, यहाँ यो गरियो, त्यहाँ त्यो गरियो भन्न मैले मिल्दैन ।’

संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भीर ध्यान गएको उनले बताए । कर्मचारीका हक हित, वृत्ति विकास, संविधानले दिएको अधिकारको संरक्षण हुने गरी ऐन आउने उनले जानकारी गराएका छन् । संघीय निजामती सेवा ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गरेर पारित गर्ने प्रतिबद्धता उपप्रधान मन्त्री खड्काले गरे ।

निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायत समयमा ल्याउन नसकेको उनले स्विकारे ।