नेपालमा ‘दिवा खाजा कार्यक्रम’ सफल भएको छ : प्रधानमन्त्री « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपालमा ‘दिवा खाजा कार्यक्रम’ सफल भएको छ : प्रधानमन्त्री


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन्।

सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराए।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्दै उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पारे। सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा ३३ लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्री दाहालले पेस गरे।

Tags :
प्रतिक्रिया दिनुहोस