एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल अख्तियारको नियन्त्रणमा 


२० असार २०८०, बुधबार


काठमाडौँ । एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। 

महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयबाट खटिएको टोलीले बुधवार घुससहित रंगेहात पक्राउ गरेको हो। 

कोभिड १९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। घुससहित कार्यकक्षबाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस