सुनकोशी । सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ ।
भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको छ ।
जिल्लामा ३४ हजार २७० लाभग्राही रहेकामा ३० हजारले सम्झौता गरेको कार्यालयका प्रमुख प्रदीप खनालले बताए ।
चार हजार ३४६ घरधनीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार घर बनाउन शुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले सुनकोशी गाउँपालिकाको शीतलपाटीमा ८८० घर पुनःनिर्माण सम्पन्न गरेको छ ।
सोही गाउँपालिका–६ खनियाँडाँडामा रहेको भीमसेन प्राथमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भयो । नवनिर्मित भवनको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले उद्घाटन गरे ।