काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले नगर प्रमुखसहित कर्मचारीलाई सम्मान गरेको छ ।
उपमहानगरको ५४ औँ स्थापना दिवसको अवसरमा उपमहानगरले हेटौँडाको विकासमा सघाउ पुर्याएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
उपमहानगरपालिकाले हेटौँडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठ, सङ्घीयता कार्यान्वयन पछिको पहिलो नगर प्रमुख हरिबहादुर महतलाई सम्मान गरेको हो ।
त्यस्तै उपमहानगरपालिकाले हेटौँडा नगरपालिकाका संस्थापक नगर प्रमुख वासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।
नगरको विकासमा योगदान पुर्याएको मुल्याङकन गर्दै उपमहानगरपालिकामा कार्यरत २५ वर्ष सेवा अवधि पुरा गरेका ३८ कर्मचारीलाई दीर्घ सेवा पदक, नगद २५ हजार राशिसहित वारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ठ र ९ जना उत्कृष्ट कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरेको छ ।
स्थापना दिवस पारेर हेटौँडा नगर पञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय वासुदेव रिजालको सङ्गम चोकमा रहेको अर्घ कदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरेको छ ।