२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई पुनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन : पूर्व मन्त्री तामाङ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) एमालेका नेता तथा पूर्व मन्त्री शेरबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दबाब नरहेको दाबी गरेका छन् ।

यद्यपि चितवन–२ मा उपनिर्वाचन हुँदै गर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनको भनाइ छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा पनि कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औँल्याए । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए ।

उनले भने, ‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रक्रियामा जानुपर्छ । सबै प्रक्रियाबाट उहाँ गुज्रिनुहुन्छ ।’ उनले गत मंसिर ४ को निर्वाचनको परिणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरू सरकारमा जानुपरेको पनि जिकिर गरे ।

उनले आफूहरूले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्यान्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताए ।

‘नेपाली काँग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरूले एमालेलाई हराउने कोसिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्‍यौँ । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।