काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बालुवाटारमा आज अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।
सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ।