मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन


१३ श्रावण २०७४, शुक्रबार


मलेसिया र नेपालबीच श्रम सम्झौता

काठमाडौँ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ ।

नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ ।

क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताए । उनले निकट भविष्यमा यस्तै अन्य कार्यक्रम मलेसियाका अन्य शहरमा पनि आयोजना गरिने बताए ।

उक्त दूतावासका अनुसार उद्घाटन समारोहमा त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पदाधिकारी, मलेसियाली सरकारका उच्च अधिकारी, उद्यमी व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस