पार्टी र उम्मेदवारले बिहीबारबाट आमसभा गर्न पाउने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पार्टी र उम्मेदवारले बिहीबारबाट आमसभा गर्न पाउने


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गते बिहीबारबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो ।

‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरूले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् ।’

उनले आयोगले निर्वाचन आचारसंहिता पालना भएनभएकोबारे सूक्ष्म अनुसन्धान गरिरहेको तथा उम्मेदवारहरूले निर्वाचनमा गर्न पाउने खर्चबारे सीमा तोकेको भन्दै सोही अनुसार गर्न आग्रह गरे । यसअघि आयोगले कात्तिक १६ सम्म २५ जना भन्दा बढीको समूहमा घरदैलो समेत गर्न नपाउने आचारसंहिता बनाएको थियो ।

निर्वाचनको निष्ठालाई जोगाउन सबै क्षेत्रबाट सहयोग गर्न पनि निर्वाचन आयोगले विशेष आग्रह गरेको छ । आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस