३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्ताले त्यो माग सुनेपछि झोक्किए देउवा

अ+ अ-

काठमाडौँ । शनिबार नेपाली काँग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्ता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी उनीहरूले देउवालाई भेट्ने समय पाए । निकै तनावमा देखिएका देउवाले उनीहरूलाई छिटो आफ्नो कुरा राख्न निर्देशन दिएको एक नेताको भनाई छ।

प्रतिनिधिसभा १ र प्रदेशसभाका २ सिट रहेको डडेल्धुरामा सङ्घमा देउवा उम्मेदवार बन्ने निश्चित छ । सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ काँग्रेसको भागमा परेको छ ।

माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उम्मेदवार बनाउने टुङ्गो लगाइसकेको छ ।

त्यही प्रसङ्ग कोट्याउँदै कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरे भने काँग्रेस जिल्ला सभापति भीमबहादुर साउँदको व्यवस्थापन गर्न माग गरे ।

उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर समेत हुन् ।

कार्यकर्ताले त्यो माग सुनेपछि देउवा झोक्किए । भेटमा सहभागी एक नेताले भने,“गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईँहरूले के भन्न खोजेको ? तपाईँहरू प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै १ काठमाडौँमा । म चुनाव हार्दा के हुन्छ । हारौँला खगराज पनि हार्लान् ।”

भेटमा सहभागीहरूले माओवादीलाई भोट दिन नसक्ने बताएका थिए ।

त्यसपछि देउवाले फेरि भने,“मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन । माओवादीले मलाई मार्न गोली हान्या होइन ? हामी मिलेका छौँ त, तपाईँहरू पनि मिल्नुस् । राजनीतिमा सधैँ एकैनास हुँदैन ।”

देउवाका तीन पटकका प्रतिस्पर्धी खगराज भट्ट प्रदेशमा उम्मेदवार बने पनि काँग्रेसभित्रकै विवादले देउवाका लागि चुनौती थपिएको छ ।

काँग्रेस पूर्वजिल्ला सभापति कर्ण मल्ल नेपाली काँग्रेस बिपीको तर्फबाट देउवाविरुद्ध उम्मेदवारी दिने तयारीमा छन् । उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ ।

डडेल्धुरामा कांग्रेसभित्र विवाद बढ्दो छ । विवाद मिल्न नसक्ने गठबन्धनलाई नै धक्का लाग्ने नेताहरू बुझाई छ ।

प्रतिक्रिया दिनुहोस