२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्दैनौँ : मन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् । 

शुक्रवार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने सङ्कीर्ण सोच नराख्न आग्रह गरेकी हुन् ।

उनले बोनसको विषयमा फरक रूपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरूलाई तलब खुवाइएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन् । उनले सरकारले अझै ७ लाख  जनतालाई विद्युत् पुर्‍याउने अवस्था रहेको बताइन् । उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरूले १० प्रतिशत बोनस नै पाउने बताइन् ।   

मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताइन् । उनले सरकारले कर्मचारीहरूको १५ प्रतिशत तलब बढाए पनि मन्त्रीहरूको तलब नबढाएको बताइन् । मन्त्री भुसालले  विद्युत् प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताइन् । उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरूले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताइन् । 

मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एक जना भए पुग्ने बताइन् ।  उनले प्राधिकरणमा आधिकारिक रूपमा एउटा युनियन बनाउन आग्रह गरिन् । उनले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिइन् ।