२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा.सन्दुक रुइतसहितको टोलीसँग भेट्दै यस्तो जानकारी गराएका हुन् ।

गौशालास्थित हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारका लागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको थियो । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो ।

मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र खपत नभई, धेरै देशमा निर्यात हुने भन्दै मन्त्री शर्माले नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने बताए ।

अस्पतालले अहिले आँखाको नानी, आँखाको पर्दा, जलबिन्दु, युभीआईटीस, आँखाको नशा, आँखाको प्लास्टिक सर्जरी, बाल आँखालगायत सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा विभिन्न मुलुकका प्रशिक्षार्थीले विशेषज्ञ तालिम समेत लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस