काठमाडौँ । सरकारले कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै
अघिल्लो मन्त्रिपरिषद्को बैठकले तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेसँगै अर्थ सचिवको पद रिक्त रहेको थियो ।
पुष्कर अर्थमा गएसँगै उनको ठाउँमा सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव रामेश्वर दंगाललाई राजश्वको जिम्मा दिइएको एक मन्त्रीले बताए ।