२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनशक्ति अभावमा पाँच महिनादेखि मध्यबिन्दु जिल्ला अस्पतालको अपरेसन सेवा बन्द

अ+ अ-

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । 

गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेसन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ (अपरेसन पूर्व बेहोस बनाउने चिकित्सक) नहुँदा अपरेसन सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताए । चैत महिना अघिसम्म कोभिड करारमा एक जना एनेस्थेसियन चिकित्सक रहेकोमा ती कर्मचारीले काम छाडेपछि नयाँ जनशक्ति नआउँदा अपरेसन सेवा नै बन्द भएको हो ।

चैतमा एनेस्थेसियन चिकित्सकले काम छाडेपछि लगतै सर्जन चिकित्सक आफैँ बिरामी परेर सेवा रोकिएको र पछि एक दुई वटा सामान्य अपरेसन सेवा प्रदान गरे पनि बिरामी बेहोस बनाउने विषयमा जोखिम लिने विषय नभएपछि सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए ।  

जिल्ला अस्पतालमा  एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल,  सीएस लगायतको अपरेसन सेवा हुँदै आएकोमा अहिले सबै सेवा बन्द भएको छ । सामान्य घाउहरूको चिरफार र अपरेसन बाहेकको अपरेसन सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सर्जन चिकित्सक समेत नरहेका उनले बताए । एक जना सर्जन चिकित्सक रहेकोमा उनको सरुवा भएपछि अहिले अपरेसन सेवा प्रदान जनशक्ति झनै नभएको उनको भनाइ छ ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीर बहादुर थापा आफैँ सर्जन थिए, उनको हालै मात्र सरुवा भएको छ । उनको सरुवा पछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा अहिले स्वीकृत दरबन्दी ३१ जनाको भए पनि ७ जना मात्रै कर्मचारी रहेका छन् ।

१५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि त्यसअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचे अनुसार प्रभावकारी रूपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए । 

कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता सिर्जना भएको उनले बताए ।