२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सा निकुञ्जभित्र विद्युत लाइन भूमिगत गर्न मन्त्रालयले दियो अनुमति

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन्।

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्।

अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाट पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने बताइएको छ।

वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग एवं घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक-पटक ट्रिपिङ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युत्को गुणस्तर न्यून हुनेजस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका छन्।

विद्युत् प्रसारणमा पटक–पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिक वर्षौंदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ।

सङ्घले मन्त्रालयमा आइतबार पत्र पठाएर मन्त्री यादवलाई धन्यवादसमेत दिएको उनका स्वकीय सचिव निखिल वरनवालले बताए।

विद्युत् प्रसारण लाइनका विषयमा पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उनीप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाठ पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने अध्यक्ष गुप्ताको विश्वास छ।

समाधान हुने अध्यक्ष गुप्ताको विश्वास छ।