२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मट्टितेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टितेल बिक्री-वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै मट्टितेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

“तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टितेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टितेल बिक्रेताले हाल सोबमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।

“नेपाल आयल निगम लिमिटेडको तत्कालीन बिक्रेता विनियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ (प्रथम संशोधन) परिच्छेद ३ को विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टितेल बिक्रेताको बिक्री स्थल हाल तोकिएको न्यूनतम पूर्वाधार एवं बिक्री स्थलको जानकारी समेत आम उपभोक्ताले सजिलोसँग पाउन नसक्ने अवस्थामा अव्यवस्थित तरिकाले बिक्री-वितरण गरिरहेको भन्ने पाइएको हुँदा त्यस्ता मट्टितेल बिक्रेताले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैँतीस) दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

सूचना !