२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

अ+ अ-

वाग्मती । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ ।

मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ ।

आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन् ।

विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।

विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, ववासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले सेवा लिनेहरु मारमा परेको बताइएको छ ।

दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकामा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताउनुभयो । बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र रोग नुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । विगत दुई वर्षदेखि विश्वमहामारीका रुपमा फैलिएको कारोनाको सङ्क्रमणवाट जोगिनका लागि सो स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको सङ्ख्या बढ्दै गएको थियो ।

प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकामा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उहाँको भनाइ थियो ।

उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८/७९ मा नौ हजार एक सय ११ बिरामीले उपचार सेवा लिएकामा चार हजार पाँच सय १५ महिला र चार हजार चार सय ९५ पुरुष थिए ।उक्त केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरुलाई रसायन औषधि वितरण तथा स्तनपायी आमाहरुका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।