२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालुखोलामा बाढी-पहिरो : १५ भन्दा बढी घरमा क्षति, राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका-४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्‍याएको हो ।

बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

बाढी पसेर क्षति गरेका घरबाट स्थानीयलाई उद्धार तथा सामान सार्ने काम भइरहेको छ । थप क्षतिबाट जोगाउन उनीहरूलाई सुरक्षित स्थानमा लागिएको प्रहरीले जनाएको छ । यस्तै बाढीले क्षति पुर्‍याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । ११ केभीको विद्युत् प्रसारण लाइनमा समेत बाढीले क्षति गरेपछि तामाकोसी, मेलुङलगायत क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ ।

तामाकोसी गाउँपालिका-७ हावामा बाढी पसेर गंगाबहादुर सुनुवारको घर र व्यावसायिक फर्ममा क्षति गरेको छ भने आइतबार रातिकै वर्षाले शैलुङ गाउँपालिका-८ मा पहिरोले क्षति गरेपछि ३० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष धनबहादुर तामाङले बताए । यस्तै बिगु गाउँपालिका-४ सिंगटी बजार नजिकै माथीबाट ठूला ढुङ्गा खस्न सक्ने भन्दै २५ घरलाई सुरक्षित स्थानमा सारिएको दोलखाका प्रहरी प्रमुख गङ्गाप्रसाद पौडेलले बताए । भीमेश्वर नगरपालिका-२ डाक्थलीमा पहिराले विस्थापित एक परिवारलाई तत्कालका लागि विद्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस