२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै

अ+ अ-

काठमाडौँ। भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै छिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी हुन् । 

भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ ।

शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । उनले आजै पदभार ग्रहण गर्ने पनि खबरमा उल्लेख गरिएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी थिइन् । 

सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनी झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी थिइन् । 

पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।