अख्तियारले गर्‍यो पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियारले गर्‍यो पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२८ असार २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष ०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम मार्फत तेह्रथुमको म्याङ्लुङ ५ मा आम्फुवा हाटबजार निर्माण गर्दा अनियमितता गरेको आरोप छ ।

निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईँ र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले हाटबजार निर्माण कार्यको अस्वाभाविक दोस्रो वा अन्तिम रनिङ बिलको भुक्तानी अनुगमनबिना गरेको आरोप छ ।

उनीहरूमाथि जनही ४७ लाख ३७ हजार ६२९ बढी रुपैयाँ बिगो माग दाबी सहित जिल्ला अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ ।

यस्तै किराँत याक्थु चुमलुङ कृषि सहकारीका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले निर्माणका क्रममा आफूलाई फाइदा हुने गरी बिल भरपाई पेशी गरी भुक्तानी लिएको आरोप छ । उनीहरूलाई पनि जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्राली का सञ्चालक रोशन भट्टराईले हाटबजार निर्माण सम्पन्न भएको मूल्याङ्कन प्रतिवेदन बनाएको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस