आईजीपीविरुद्धको रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

आईजीपीविरुद्धको रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने


२७ असार २०७९, सोमबार


काठमाडौँ। प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ।

जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो।

त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। निवेदक र त्यसपछि सरकारी पक्षको बहस सकिएपछि फेरि निवेदकले जवाफी बहस गर्न लागेका हुन्। यसअघि आइतबारका लागि पेशी तोकिएपनि सार्वजनिक बिदा परेपछि सोमबारका लागि सारिएको हो।

आफूले साउन २० गते उमेर हदका कारण अवकाश पाउन लागेको भन्दै एआईजी पोखरेलले चाँडोभन्दा चाँडो फैसला गर्न माग गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस