उदयपुरको त्रियुगामा काँग्रेसका वसन्तकुमारले अग्रता बढाए, पूर्वमेयर तेस्रोमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उदयपुरको त्रियुगामा काँग्रेसका वसन्तकुमारले अग्रता बढाए, पूर्वमेयर तेस्रोमा


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ७५१ पालिकाको अन्तिम नतिजा आइसकेको छ।

उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। बुढीगंगामा पुनः निर्वाचन हुने भएको छ।

यता त्रियुगामा मतगणना जारी छ। पछिल्लो समय मेयर पदमा नेपाली काँग्रेसका वसन्तकुमार बस्नेतले अग्रता बढाएका छन्। हालसम्म गणना भएको २३ हजार ९ सय ७५ मतमा बस्नेतले ८२०० मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका भागवत राउतले ६३७७ मत ल्याएका छन्। यस्तै पूर्वमेयरसमेत रहेका नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि नेपाली काङ्ग्रेसकै सरिता राईले अग्रता लिएकी छन्। उनले ७४१० मत पाउँदा एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन्। एकीकृत समाजवादीसँग गठबन्धन गरेको माओवादीकी गीता खड्का (कार्की) ले ४८२५ मत ल्याएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस