२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निर्वाचनमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्‍यो १८ नेतालाई कारबाही

अ+ अ-

रुपन्देही । नेकपा एमाले बर्दियाले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेताविरुद्ध लाग्ने १८ जना पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णय विपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टी जिल्ला सचिव पदम ढकालले कारबाही परेकामध्ये केही सदस्यलाई स्पष्टीकरण सोधिएको, केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

बर्दिया एमालेले बारबर्दिया, गुलरिया र बढैयातालमा पार्टीकै नेता कार्यकर्ताहरुको यस्तो गतिविधिले एमालेका उम्मेदवार पराजित भएको निष्कर्ष निकालेको छ ।

पार्टीको कारबाहीमा पर्नेमा अधिकांश बारबर्दिया र गुलरियाका एमालेका नेता र कार्यकर्ता छन् । बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै गरिने सचिव ढकालले जनाएका छन् ।

उनका अनुसार गुलरिया नगरका सह इन्चार्ज रामबहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको छ । उनी ०७४ को स्थानीय निर्वाचनमा गुलरिया—४ बाट वडाध्यक्ष भएका थिए ।

यसै गरी नगर इन्चार्ज धनेश कुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ भने नगर उपाध्यक्ष पुष्पा वली, जिल्ला कमिटी सदस्य हिराबहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।

जिल्ला कमिटीका सल्लाहकार शङ्कर घिमिरे लगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । पार्टीका जिल्ला स्तरीय नेताले अन्तर्घात भएकाले चुनावमा पराजित हुनु परेको दाबी गर्दै आएका छन् ।

गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा यस पटकको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार पराजित भएको छन् ।