२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तपाइको शरीरमा ढाड छ भन्ने थाहा पाउनु नै रोगको लक्षण हो भन्ने बुझ्नुहोस्

अ+ अ-

यसभन्दा अघिल्ला श्रृंखलाहरुमा हामीले उमेर समुह अनुसार हुने ढाड दुखाइ, उपचार तथा सुरक्षाका बिषयमा कुरा गर्यौं । यस शृङ्खलामा भने हामी ढाडमा लाग्ने रोगहरु, ढाडमा रोग लागे नलागेको कसरी थाहा पाउने लगाएत हड्डी मजबुत बनाउने खानेकुराहरुका बारेमा कुरा गर्नेछौं । क्रोनिक दुखाइ विशेषज्ञ डा. सुनिल पौडेलसंगको यस शृङ्खलामा हड्डि बलियो बनाउने खानेकुरा लगाएत पूर्ण स्वस्थताका लागि आवश्यक पौष्टिक आहार तथा खानै नहुने तर हामीले अत्याधिक मात्रामा खाइरहेका चिजवस्तुहरुका बारेमा समते जानकारी गराउनेछौं । प्रस्तुत छ प्रशासन डट कमका लागि सिद्धराज उपाध्यायले तयार पार्नुभएको नियमित शृङ्खलाको यो विशेष सम्बाद:

 

डा. साप नेपालमा कति प्रतिशत मानिसहरु मेरुदण्डका समस्याबाट ग्रसित छन् ?

नेपालमा त्यस्तो अनुसन्धान तथ्याङ्क छैन । विश्वको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशत जती तथा कतिपय देशमा त ९० प्रतिशतलाई जीवनमा कहिले काँहि वा नियमित रुपमा मेरुदण्डको समस्या हुन्छ । दुनियामा डाक्टरलाई भेट्न जाने प्रमुख कारण मध्येमा मेरुदण्डको दुखाइ एक नम्वरमा पर्छ । नेपालमा निहुरिएर कामगर्ने संस्कृति भएको हुँदा मेरुदण्डका समस्या अझै व्याप्त रहेको अनुमान गर्न सकिन्छ ।

के भयो भने ढाडमा समस्या आएको भन्न सकिन्छ ?

सबैभन्दा महत्वपूर्ण लक्षण भनेको तपाइँको शरीरमा ढाड छ भन्ने थाहा पाउनु नै रोगको लक्षण हो भन्ने बुझ्नुहोस् । मान्छेको शरीर यति हलुका हुनुपर्छ की मसँग कुनै अंग छ भन्ने महसुसै नहोस् । यो नै शारीरिक स्वास्थ्यको पहिलो लक्षण हो ।

तपाइँको टाउको भारी भयोे भन्नुको अर्थ रोग पैदा हुन सुरु भयो भन्ने नै हुन्छ । यदि तपाइँलाई त्यो अंगको महसुस छैनः तपाइँ मस्त हुनुहुन्छ, तपाइ स्वस्थ हुनुहुन्छ ।

♦ मेरुदण्डको कुनै पनि भाग वा खण्ड भारी हुँदैछ, दुखाइ हुँदैछ भने तपाईलाई रोगले समात्यो भन्न सकिन्छ, यो चाहिं पहिलो लक्षण हो ।
♦ कसै कसैलाई गर्दन वा ढाडमा एउटा पनि लक्षण नभएर प्रत्यक्ष हात वा खुट्टामा दुखाई हुने, करकर खाने, लाटो वा झमझमाउने, कमजोर हुने आदि पनि हुन सक्छ । यसको कारण तपाइको मेरुदण्डमा नसा च्यापिएको पनि हुन सक्छ ।

दिमागबाट गर्धनको माध्ययमबाट नै हातमा नसा जान्छन् । त्यस्तै कम्मरको माध्ययमबाट खुट्टामा जान्छन् । हात र खुट्टामा समस्या हुनुको कारण गर्धन र कम्मरमा नसा च्याप्पिएर पनि हुन सक्छ । त्यसमा पनि ध्यान दिन जरुरी छ । यस्ता लक्षण देखिने बित्तिकै तपाइको मेरुदण्डमा, ढाड वा गर्दनमा केही समस्या पैदा हुँदैछ भन्ने बुझ्नुपर्छ ।

ढाडमा लाग्ने रोगहरु के के हुन् र तिनको उपचार विधि के छ ?

ढाड दुखाइको मुख्य कारण भनेको मेकानिकल हो, जसको कारण मांशपेसी तथा यस्कै वरिपरि मै छ । यो आफैले लगाएको हो । बढी बसेर होस् या बढी निहुरिएर होस् । सामान उठाउँदा होस् वा बढी खेलकुद गरेर होस् या त खेलकुद नगरेर शारीरिक श्रमको कमिले मांसपेशी कमजोर भएर ढाड, गर्दन दुख्ने भएको नै किन नहोस् । यी सबै आफैले आफैलाइ निम्त्याएका समस्याहरु हुन् । ९० प्रतिशत समस्या यस्तै कारणले नै हुन्छ । यी समस्या व्यायाम, सावधानी तथा साधारण खाले थेरापीहरुबाटै ठिक हुन्छ ।

यी ९० प्रतिशत समस्याको समाधान पनि आफै भित्र छ । डाक्टरले बाटो देखाउने हो । यो बाटो हिड्नु भयो भने स्वस्थ हुनुहुन्छ त्यो बाटो हिड्न सक्नु भएन भने अस्वस्थ रहनुहुन्छ । मेरुदण्डका रोगको उपचारमा सबैभन्दा महत्वपूर्ण भनेको पोस्चुरल केयर नै हो । बस्दाखेरी कसरी बस्ने ? काम गर्दा कसरी काम गर्ने ? कम्प्युटरमा काम गर्नेले कसरी काम गर्ने ? गृहणीहरुले कसरी काम गर्ने ? अफिस वर्करहरुले कसरी काम गर्ने ? उठेर काम गर्नेले कसरी खुट्टा राख्ने ? यी सबै चीजमा हामी सचेत हुनैपर्छ । यी सबै सावधानी नै पोस्चुरल केयर हो ।

जो सचेत छैन उसलाई केहीगरि पनि ठिक गर्न सकिँदैन । अप्रेसन नै गरेपनि त्यो बल्झेको बल्झै हुन्छ । त्यसैले आफु सचेत हुन जरुरी छ । मेरुदण्ड भन्ने शब्द आफैंमा स्पष्ट छ । मेरुदण्ड भनेको घरको पिलर जस्तै हो । पिलर बिनाको घर कस्तो हुन्छ ? यसपाली भूकम्पले त हामीलाई एकदम राम्ररी सिकाएको पनि छ । हो, मानिसको शरीरमा पनि मेरुदण्ड अर्थात ढाडको उत्तिनै महत्व छ । यो बिना मान्छेको मात्र होइन कुनै पनि जनावरको शरिर सम्भव छैन । हाम्रो बेस नै यही हो । हाम्रो जग नै यही हो । जबसम्म जगलाई ध्यान दिनुहुन्न तबसम्म स्वस्थ रहन सक्नुहुन्न र जबसम्म स्वस्थ हुनुहुन्छ जीन्दगीमा केही गर्न सक्ने त कुरै भएन । आफ्नो रोगको उपाचारमा समय बिताउनु हुन्छ अनी के गर्ने ? त्यसैले आजै ध्यान दिनुहोस् ।

बाँकि १० प्रतिशतमा मात्र नशा च्यापिने, क्यान्सर, ट्युमर, टि बि, इन्फेक्सन, चोटपटक, दुर्घटना आदिका कारण मेरुदण्डका रोग लाग्छन् । यी समस्या धेरै कम व्यक्तिहरुमा मात्र देखिन्छ । यी समस्यालाई विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम समाधान गर्नुपर्दछ ।

 डा. सुनिल पौडेललाई तपाईले [email protected] मा ईमेल गर्न तथा आफ्ना जिज्ञासा वा प्रश्नहरु राख्न सक्नुहुन्छ ।

र यो पनि,

आफ्नो शरीर आफैले जाँच्नुहोस्

उमेर अनुसार मेरुदण्ड तथा ढाडको दुखाइ तथा यसको समाधान

कसरी जोगिने कर्मचारीले ढाड दुखाईबाट ?

गृहिणीले कसरी जोगिने ढाड दुखाईबाट ?

बुढेसकाल लागेका महिलामा हुने ढाड दुखाइ र बच्ने सरल उपाय

 हरेक ५ जनामध्ये ४ जनामा भिटामिन डी को कमी !

प्रतिक्रिया दिनुहोस