काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ ।
शनिवार राति ९ः५५ बजे सार्वजनिक विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३४ हजार ९३५ मत पाएका छन् भने एमालेका केशव स्थापितले हालसम्म १८ हजार ९७९ र नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले १९ हजार ३१५ मत पाएकी छिन् ।
यसैगरी उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले ३४ हजार ३० मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।