बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । मानव विकास स्रोत केन्द्रले बेरुजु फर्छ्योट गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

केन्द्रले बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्योट नभएसम्म केन्द्रले प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको हो ।

त्यस्तै गरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्‍यापकहरुलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न अनुरोध गरेको छ ।

त्यस्तै गरी जिल्लाभित्र बेरुजु भएका विद्यालयको विवरण शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो वेबसाइटमा राखी सार्वजनिक गर्नुपर्नेछ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई नाममा रहेको बेरुजुको मात्रा ठुलो रहेको तथा बेरुजु सम्परीक्षण तथा फर्छ्योटका सम्बन्धमा भएको छलफलको आधारमा केन्द्रले गरेको निर्णय कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई अनुरोध गरेको जनाएको छ ।

समग्रमा १८, १९ हजार विद्यालय भवनको बेरुजु देखिएको र जिल्लामा र स्थानीय तहको बेरुजु स्थानीय तहमा नै कायम हुने भएकोले कति पुग्यो र कति फर्छ्योट भयो भन्ने यकिन तथ्याङ्क भने नभएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस