२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर साझेदारी कार्यक्रमअन्तर्गत पूर्वाधार विकास गरिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरेको छ ।

नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाका प्रमुख विद्यासुन्दर शाक्यले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले संयुक्तरूपमा उक्त कार्यको शिलान्यास गरेका हुन् ।

साझेदारी कार्यक्रमअन्तर्गत कामपाबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत एक करोड २४ लाख रहेको छ ।

दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न छ क्षेत्रबाट काम भइरहेको बताइएको छ ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले उपत्यकाको एकीकृत विकास कार्यक्रमअन्तर्गत उक्त परियोजनालई अघि बढाएको बताए । एक प्रदेश एक भगिनी सहरको नीतिअनुसार विभिन्न पाँच वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको जानकारी गराउँदै शाक्यले ती नगरलाई पनि उद्यान निर्माण गर्न अनुदान सहयोग गरिएको बताए ।

दक्षिणकाली नगरका प्रमुख बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।