२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा राखे । पर्यटनमन्त्री आलेले बोर्डलाई सङ्घीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । उनले पर्यटन पुनःरुत्थानमा व्यवसायीलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयसमेतले पहल गरिरहेको बताए।

यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताए । उनले बोर्ड स्थापनाको २३औँ वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिने लाहे थापाले कोभिड सङक्रमणबीचमा पनि बोर्डले आफ्नो कामलाई निरन्तरता दिएकै कारण बोर्डले बेलायतामा अर्वाड प्राप्त गरेको जानकारी दिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले अन्तरराष्ट्रिय पर्यटन आगमन घटेको सन्र्दभमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको जानकारी दिए । बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले हरेक कठिन परिस्थितिमा बोर्डका कर्मचारीले काम गरिरहेको उल्लेख गर्दै कर्मचारीको वृत्ति विकासमा ध्यान दिन मन्त्रालय र बोर्डलाई आग्रह गरे ।

यस्तै बोर्डको जर्मनीका लागि पूर्व मानार्थ जनसम्पर्क प्रतिनिधि दिलबहादुर गुरुङलाई उनले विदेशमा रहेर नेपालको पर्यटन प्रवद्र्धनमा गरेको योगदानको सम्मान गर्दै मन्त्री आलेले सम्मान गरेका थिए । यस्तै कार्यक्रममा पर्यटन मन्त्री प्रेमबहादुर आले र सचिव न्यौपानेले बोर्डले प्रकाशन गरेको इन्फोकस २०२१ को विमोचन गरेका थिए भने बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा कोभिडको कारण ज्यान गुमाउनु भएका बोर्डका सवारी चालक हिराबहादुर ढकालकी धर्मपत्नीलाई नगद सहयोगसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।