२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तालिबानद्वारा काबुलमा पासपोर्ट जारी गर्ने प्रक्रियामा रोक

अ+ अ-

काबुल । तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ ।

केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गरे ।

उनले भने, ‘सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।’ अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उनले बताएको पाजोक अफगान न्युजले जनाएको छ ।

यसअघि तालिबानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो ।

अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको बताएका थिए ।

तालिबान समूहले पुरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ ।