सेवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिन विरुद्ध मुद्दा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सेवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिन विरुद्ध मुद्दा


९ पुस २०७८, शुक्रबार


अख्तियार

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन केन्द्रबिन्दु कठायतविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज (शुक्रवार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अधिकृत मुकुन्द पौडेलले अंश बन्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग ५० हजार घुस माग गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ५० हजार घुस लिइसकेको अवस्थामा र भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) वीरेन्द्र बहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

घुससहित पक्राउ परेका पौडेल र कठायतलाई अनुसन्धानको क्रममा सेवाग्राहीबाट घुस लिएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१)को कसुर गरेको भन्दै चितवन मालपोत कार्यालयका अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गरेको छ ।

सम्बन्धित समाचार : मालपोत कार्यालय प्रमुख र अमिन घूससहित पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस