स्थायी समिति बैठकमा प्रचण्डको राजनीतिक दस्तावेज पेस ,बैठक ३ बजे पुन: बस्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्थायी समिति बैठकमा प्रचण्डको राजनीतिक दस्तावेज पेस ,बैठक ३ बजे पुन: बस्ने


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

आज (शुक्रबार) बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ ।

नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपा (माओवादी) बाट विद्रोह गरेको प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केही बेर बैठक स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस