बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, आजै शपथ ग्रहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री थपिए, आजै शपथ ग्रहण


२८ मंसिर २०७८, मंगलबार


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन जना मन्त्री थप गरिएको हो ।

श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै वसुन्धरा हुमागाईँ, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रकै रत्नप्रसाद ढकाल छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङ नियुक्त भएकी छन् ।

यससँगै बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको आज साँझ ५ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस