काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् ।
राप्रपाको आज (बुधबार) सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।
देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको बताए ।
एमालेको महाधिवेशन भर्खरै सकिएको र काँग्रेसको महाधिवेशन आउँदै गरेको उल्लेख गर्दै देउवाले भने, सबै राजनीतिक दल महाधिवेशन गरिरहेका छन्, अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।