काँग्रेस बैतडीका सभापतिमा क्यानका अध्यक्ष चन्द विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस बैतडीका सभापतिमा क्यानका अध्यक्ष चन्द विजयी


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द नेपाली काँग्रेस पार्टीको राजनीतिज्ञ हुन्।

पछिल्लो समय उनी काँग्रेसको जिल्ला अधिवेशनका लागि बैतडीमा थिए। जसका कारण उनी मंगलबारदेखि सुरु भएको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्‌घाटनमा आएनन्।

काँग्रेसको जिल्ला उपसभापति रहेका चन्द यस पटक अध्यक्षका प्रत्याशी थिए। जसमा उनी सफल पनि भएका छन्।

मङ्गलवार भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भए। सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस