खुकुरी प्रहार गरी हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खुकुरी प्रहार गरी हत्या


२४ बैशाख २०७४, आइतबार


भक्तपुर । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

आइतबार बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

घाइते सुवेदीको बिएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिँदै उनले फरार कोइरालाको खोजी भइरहेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस