२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल संवतकाे सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गरिनेछ: प्रधानमन्त्री देउवा

अ+ अ-

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्त्वलाई प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताए ।

नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गल बजारमा सांस्कृतिक र्‍यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्त्वलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवतका लागि गर्नुपर्ने प्रवर्द्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवत्का अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजकमा र्‍यालीको आयोजना गरिएको थियो । मङ्गल बजारबाट परम्परागत बाजागाजा र वेशभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गल बजार पुगेर र्‍यालीको समापन भएको थियो ।

कार्यक्रममा नेपाल भाषा मंका खल: ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।