काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरूबीच छलफल सुरु भएको छ ।
प्रधानन्यायाधीशले ‘मार्ग प्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले छलफल थालेका हुन् ।
ती न्यायाधीशहरूको हिजोको बैठकले जबरालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश जबराले भने बिबिसी नेपाली सेवासँगको कुराकानीमा आफू संवैधानिक प्रक्रियाबाट आएकोले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताएका छन् ।