गोरखा। बडा दशैको पहिलो दिन बिहीवार गोरखा दरवारमा घटस्थापना गरिएको छ।
विहान ११:४६ बजेको शुभ साइतमा कालिका मन्दिरमा वढाइका साथ घट्ट स्थापना गरिए सँगै जमरा पनि राखिएको छ ।
कालिका मन्दिरको दशै घर र जमरा कोठामा २ पाथी ४ माना र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको बताइएको छ । त्यस्तै उपल्लोकोटमा दुई माना र तल्लो कोटमा एक माना जौको बिज राखिएको छ ।
आजबाट दरवारमा नियमित बलि शुरु हुने छ । दशै पुजाआजा र बलीका लागि यसवर्ष पुरातत्व बिभागबाट २० लाख रकम विनियोजन गरिएको छ ।