संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी पुर्पक्षका लागि कारागार चलान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी पुर्पक्षका लागि कारागार चलान


१९ आश्विन २०७८, मंगलबार


संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न आरोपीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । संखुवासभा जिल्ला अदालतले चार जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनीकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस