२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणलाई कारबाही गर्ने नेपाल दूरसञ्चारको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ।

विद्युत् प्राधिकरणकै कारण राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबिच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घबिच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ।

सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।