आज मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज मन्त्रिपरिषद् बैठक बस्दै


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ ।

अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आएका छन् । आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

गठबन्धन दलबिच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने सङ्ख्याको पनि टुङ्गो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस