४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल निजामती कर्मचारी सङ्गठनमा गौतम

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ ।

यही असोज २ गते काठमाडौंमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष गौतमले विधमान उपलब्धिको रक्षा गर्दै कर्मचारीको अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका नवनिर्वाचित महासचिव शरणकुमार गुरुङले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच्याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

भेलाले सङ्घ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, सङ्घीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल गर्ने, कर्मचारीको पिरमर्का र गुनासो सम्बन्धित पक्षसम्म पुर्‍याउने निर्णय गरेको छ ।

भेलाले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र सदस्य छत्रबहादुर शाह उपसचिव भई उक्त पद रिक्त भएकाले सो पदमा युनियनको विधान, २०६९ बमोजिम मोहनकुमार घिमिरेलाई अध्यक्ष र जयदेव जोशीलाई सदस्य पदमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस