२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, जिल्ला सभापतिको अनशन आज तोडिने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज (शनिबार) तोडिने भएको छ ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् ।

हिजो (शुक्रबार) साँझ सभापति देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुङ्ग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ’ नेता सिंहले भने, ‘रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको छ । उहाँलाई अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको छ ।’

उनले निर्वाचन समितिले सल्लाह गरेर काम गरिरहेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताप्रति आफूहरु सचेत रहेको बताए । ‘महाधिवेशन समयमै गर्नुपर्ने बाध्यता छ । भदौ १८ को अधिवेशन देशभरका सबै वडामा गर्ने निर्णय भएको छ,’ नेता सिंहले भने, ‘अब सबै महाधिवेशनमा केन्द्रित गर्छौँ ।’

जिल्ला सभापतिहरुको अनशन टुङ्ग्याउने जिम्मेवारी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस