सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समुहबीच आजै दोस्रो चरणको वार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समुहबीच आजै दोस्रो चरणको वार्ता


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ ।

आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेको टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता गरेका हुन् ।

दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा निकट पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार : सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न

Tags :
प्रतिक्रिया दिनुहोस