सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सम्पन्न


प्रशासन संवाददाता

१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको छ ।

सरकारले मङ्गलवार दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । त्यस लगत्तै विप्लव समूहले पनि मङ्गलवारै वार्ता टोली गठन गरी वार्ताका लागि तयारी गरेको थियो ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो भने विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दीपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

यद्यपि वार्ता कुन स्थानमा भएको थियो स्थान भने गोप्य राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस