अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा


२१ माघ २०७७, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए। जोशीले राजीनामा दिएसँगै अख्तियारमा थप एक आयुक्त पद रिक्त भएको छ।

२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए।

बुधबार(आजै) बिहान नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्त जयबहादुर चन्द र किशोरकुमार  सिलवालले पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै राई, चन्द र सिलवाल तीनै जनाले टंगालस्थित अख्तियारको कार्यालय पुगेर पदभार सम्हालीसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस